८ फागुन, भरतपुर। राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा देवघाट गाउँपालिकाले बाल विकास केन्द्रका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेको छ ।
सिटिहलमा भएको कार्यक्रममा देवघाट गाउँपालिकाभित्र रहेका ३७ वटा बाल विकास केन्द्रलाई ४०० थान कुसन र ७५ थान म्याट वितरण गरिएको देवघाट गाउँपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गलेश्वर आश्रम देवघाटका पिठाधीश स्वामी आत्मानन्द गिरीले देवघाट गाउँपालिकाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभएको थियो ।
पिठाधीश गिरीले स्वार्थी नबनी संस्कारी बन्नुपर्ने बताउनुभयो ।
[sidebar name="button post"]











