विश्वभर ८ करोड १२ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जिते

विश्वभर ८ करोड १२ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ८४८ जना निको भएका छन् ।विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ४ हजार ६२ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य  अमेरिकामा चार लाख ९६ हजार ३३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ३८ हजार ६४७ जना, भारतमा १ लाख ५५ हजार ६७३ जना, रूसमा ७९ हजार ६९६ जना, बेलायतमा १ लाख १६ हजार ९०८ जना, फ्रान्समा ८१ हजार ६४७ जना, इटालीमा ९३ हजार ३५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ९० लाख ८८ हजार ४१२ पुगेको छ ।

[sidebar name="button post"]