Ad #144479

समाचार आजका मुख्य समाचारमा

आयोगको टोली महानगरीय अपराध महाशाखामा

२९ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न आयोगको टोली महाशाखामा पुगेको हो ।

रिट निवेदकहरूले आइतबारबाट जवाफ दिने

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने भएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्‍निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।

ट्रक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

२९ माघ, धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिकारी र उनका छोरा ३० वर्षीय डा सुरेश अधिकारीको मृत्यु भएको हो ।

आज नेपालमा कति थपिए कोरोना संक्रमित ?

२९ माघ, काठमाडौं । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा दुई चिनियाँ खोप स्वीकृत

२९ माघ, मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।

सुशासन, पारदर्शिता र स्वच्छताका लागि अनुगमन हुनुपर्छः प्रम ओली

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभएको छ ।

शुक्रबारदेखि फेरी वर्षा र हिमपातको सम्भावना

२९ माघ, काठमाण्डौ।  पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ ।

तारकेश्वरमा कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि

२९ माघ, काठमाडौं ।  काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।

चुनावले प्रजातन्त्र कमजोर हुन्छ : देउवा

२९ माघ, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तर्क्रिया कार्यक्रममा  प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंगित गर्दै उनले अदालतलाई यही गर भन्न नमिल्ने बताए ।

धैर्य गर्नुहोला ! यो अन्तिम लडाई हो : झाँक्री

२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै आफ्ना शुभचिन्तकहरुलाई धैर्य गर्न आग्रह गरेकी छन् ।

कोरोना परिक्षणको शुल्क घट्याे

२९ माघ, काठमाडौं । कोरोना भाइरस परिक्षणको शुल्क घटेको छ । यसअघि पीसीआर टेष्टको शुल्य २ हजार रुपैयाँ थियो तर सरकारले कोरोना भाइरस ‘कोभि-१९’को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको हो ।

दोस्रो चरणको खोप आगामी फागुन २ गतेदेखि लगाइने

२९ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप आगामी फागुन २ गतेदेखि सञ्चलानमा ल्याउने भएको छ । सरकारले पहिलो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गर्दै खोप संचालनमा ल्याउन लागेको हो ।

माधवनारायण व्रतालु तीर्थ यात्राका लागि पशुपतिमा, आर्यघाटमा शव जलाउन बन्द

२९ माघ, काठमाडौं। एक महिने माधवनारायण व्रत गरेका व्रतालुहरूले आज शेषनारायण मन्दिरमा बास बस्ने भएका छन् । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका व्रतालु तीर्थ यात्राका लागि पशुपति आएका हुन् ।

सुनसरी र चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

२९ माघ, सुनसरी । सुनसरी र चितवनमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।

विप्लवसँग तीन दलकाे रणनैतिक संयुक्त मोर्चा घोषणा

२९ माघ, काठमाडौं । नेकपा ‘क्रान्तिकारी माओवादी’, नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार संयुक्त बैठक गरी संघर्षका कार्यक्रमहरुको घोषणा गरेका छन् ।

वाग्मती प्रदेश : तीन वर्षमा विकासमा ठूलो फड्को

२९ माघ, वाग्मती। वाग्मती प्रदेश सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । आजभन्दा तीन वर्ष अघि माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा वाग्मती प्रदेश सरकार गठन भएको थियो ।

अब देश मुठभेडतर्फ उन्मुख : प्रचण्ड

 २९ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अब देश मुठभेडतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।  पार्टी नेतृ रामकुमारी झाँक्रीलाई आज सरकारले गिरफ्तार गरेको प्रसंगबारे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने – केपी ओली अब देश मुठभेडमा जाओस् भन्ने सन्देश दिन खोजिरहेका छन् ।

सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिँदै

२९ माघ, काठमाण्डौ। नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो ।

फैसलापछि फरार ७९ अभियुक्त पक्राउ

२९ माघ, महेन्द्रनगर। विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओली तानाशाह : डा. केसी

२९ माघ, काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली तानाशाह भएको आरोप लगाएका छन् ।  बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन बोल्दै ओली ताना शाह भएकाले जनताले यिनलाई जनताले फाल्नुपर्ने बताएका हुन् ।

फेरि विघटन भएमा के हुने : न्यायाधीश सिन्हा

२९ माघ, काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जारी बहसमा प्रधानमन्त्रीतर्फबाट आज बाबुराम दाहाल लगायतका अधिवक्ताले बहस गरेका छन् । यस क्रममा न्यायाधीश र अधिवक्ताहरुबीच प्रतिनिधिसभा विघटनबारे सवाल जवाफ भएको छ ।

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

२९ माघ, काठमाण्डौ। नेपाली बजारमा आज सुनको भाउ केही घटेको छ । सुनको मूल्य चार सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाला सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

शिक्षण पेशा र कलाकारीता सँगसँगै : दिवेन कार्कीको जीवनयात्रा

समिता श्रेष्ठ बाग्लुङमा जन्मे हुर्किनु भएका दिवेन कार्कीले शिक्षण र कलाकारीतालाई सँगसँगै अगाडि बढाउनु भएको छ । उहाँले शिक्षण पेशा थाल्नुभएको डेढ दशक तथा कलाकारीतामा लाग्नु भएको एक दशक पुग्नै आँटेको छ । कार्कीले आफुले गर्ने पेशालाई जीवन चलाउने माध्यम मात्रै नभएर अध्यात्म साधनाको रुपमा हेर्ने गरेको बताउनुहुन्छ ।

वाद्यवादनमा महिला : नेपालको पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्यू

समिता श्रेष्ठ महिलाहरु नाच्ने मात्रै होइन, गाउने मात्रै पनि होइन बजाउन पनि पोख्त छन् । पहिला धेरैजसो महिला कलाको पर्दाभित्र सीमित थिए । साङ्गीतिक तथा अरु कार्यक्रम हुँदा सबैतिर पुरुष मात्रै देखिन्थ्यो । तर अहिले पुरुषको वर्चस्व रहेको परम्परागत वाद्यवादनमा महिलाहरु पनि देखिनेक्रम बढेको छ । नेपालको पहिलो महिला धिमेवादक तथा नौबाजा बजाउने महिलाको रुपमा भक्तपुरकी इन्दिरा लाछिमस्यूले आफ्नो परिचय बनाउनुभएको छ ।

आज माघ २९ गते बिहीबार, कस्तो छ तपाईंको राशिफल ?