संविधानको राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?

२९ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधामन्त्री केपी ओलीको काल आएकै हो भनेर प्रश्न गरेका छन् ।

नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे विचार दिएकै आधारमा गिरफ्तार गर्नु नेपालको संविधान विपरित भएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा संविधानको धारासहति ट्वीट गर्दै भट्राइले– ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ ।

संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? के सरकारको काल आएकै हो रु’ भनेर प्रश्न गरेका छन् ।