Ad #144479

आजका मुख्य समाचारमा

ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर

१६ माघ विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले उक्त कुरा बताएका हुन ।

कागेश्वरी मनोहरा नगरपालिका भद्रबासमा रेडक्रस भवन शिलान्यास

१६ माघ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ । भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ ।

शुक्रबार कति थपिए काेराेना संक्रमित ?

१६ माघ, काठमाडौं । नेपालमा शुक्रबार थप १५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । त्यस्तै संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको तीन दिने एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण सम्पन्न

रमिता दंगाल माघ १६, काठमाण्डौ। काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाको एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एण्टिजेन प्रबिधि मार्फत निशुल्क कोरोना परिक्षण गरेको थियो । नगरपालिकाले यो भन्दा पहिले पनि एण्टिजेन प्रबिधि मार्फत शशुल्क परिक्षण गर्दै आएको नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिनुभयो।

आयोगले बाेल्याे, नेकपाको कुनै पनि गुटलाई आधिकारिता दिएका छैनाैँ

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको स्पष्टीकरण दिएको छ । शुक्रबार दुवै पक्षलाई छलफलका लागी बोलाएको आयोगले नेकपाको कुनै पनि गुटलाई आधिकारिता नदिएको जनाएको हो ।

प्रचण्ड–माधव पक्ष : तेश्रो दिन पनि माइतिघरमा धर्ना

१६ माघ, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–माधव पक्षले आफ्नो आन्दोलनको कार्यक्रमलाई खनज पनि जारी राखेको हो ।

शहीदको नाममा स्मारक बनाउने उद्देश्यले निर्माण शुरु अलपत्र

१६ माघ, काठमाडौं । उपत्यकाका प्रायः सबै भाग देखिने रमणीय यज्ञडोल ‘जगडोल’ सामुदायिक वनमा बनेका विभिन्न संरचना एक दशकभन्दा लामो समयदेखि अलपत्र छन् । वनभोज गर्न एवं रमणीय स्थानमा टहलिने उद्देश्यले उपत्यकाका धेरै मानिस यहाँ पुग्छन् ।

त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्ध मूिर्तको स्थापना

१६ माघ , चौतारा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्ध मूिर्तको स्थापना गरिएको छ । वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो ।

भारतमा संक्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार भन्दा बढी

१६ माघ, नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

स्रोत नखुलेको ३८ लाखसहित पाँच जना पक्राउ

१६ माघ, काठमाडौं । स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ३८ लाख ७ हजार रुपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँको २४ थान चेकसहित उनीहरू बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट ठगिँदै हुम्ली

१६ माघ,  हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ ।

ओली नेतृत्वको नेकपा नै आधिकारिक : सुभाषचन्द्र नेम्बाङ

१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकता विवाद निरुपण हुन नसकेको अवस्था दुबै पक्षलाई छलफलका लागि आज निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी एउटा समूहले यसको टुंगो लागिसकेको दाबी गरेको छ ।

अब विदेशमै खोप लगाएर आए क्वारेन्टाइनमा बस्न पर्दैन

१६ माघ, काठमाडाैं । अब विदेशबाट कोरोना खोप लगाएर आए नेपालमा क्वारेन्टाइनमा बस्न नपर्ने भएकाे छ । कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टाइनमा बस्न नपर्ने नियम ल्याइने भएको हाे ।

कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम

१६ माघ, पाल्पा ।जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ ।

प्रचण्ड–माधवले भन्याे, १८ गतेपछि छलफल गर्न उपयुक्त

१६ माघ, काठमाडौं । नेकपाको आधिकारिकतासम्बन्धी विवाद मिलाउन आज निर्वाचन आयोगले बोलाएको दुबै खेमाका नेताहरु आयोग पुगे । तर प्रचण्ड – माधव समूहले भने आजको बैठकमा आफ्नो सहभागिता हुन नसक्ने जानकारी गरायो ।

शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील छ : प्रम ओली

१६ माघ, काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।

डिजिटल कारोबार भरपर्दाे र सुरक्षित : गभर्नर

१६ माघ, काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आजको जमानामा डिजिटल प्रणालीबाट गरिने कारोबार भरपर्दाे र सुरक्षित रहेकोमा जोड दिएका छन् ।  आज शुक्रबार कुलेश्वरस्थित फलफुल बजारमा डिजिटल प्रणालीको उद्घाटन गर्दै गभर्नर अधिकारीले भने–नगद भन्दा डिजिटल कारोबार सहज र भरपर्दाे भएकाले यसको प्रभावकारिता बढाउनेतिर लागौं ।

बजारमा शुक्रबार सुनको मूल्य स्थिर

१६ माघ,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।ब

आज मिति वि.सं. २०७७ साल माघ १६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल