कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा
बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ : नेपाल

१३ माघ, पाँचथर । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताउनुभएको छ । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै भन्नुभयो, “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।”

लगातार उकालो लागिरहेको नेप्से परिसूचक आज भने ‘करेक्सन’ !

१३ माघ, काठमाडौं । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ ।

भारतकी एक महिलामा संक्रमणको केसले चिकित्सक हैरान

१३ माघ, एजेन्सी । भारतकी एक महिलामा देखिएको कोरोना भाइरस संक्रमणको केसले चिकित्सकहरूलाई नै हैरान भएका छन् । ५ महिनाको बीचमा एक महिलाको ३१ पटक कोरोना जाँच गर्दा ती महिलाको सबै परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि हैन भएका हुन् ।

आज कति थपिए कोरोना संक्रमित ?

१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५७४ जनाको पीसीआर परीक्षण भएकोमा २७० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्याे

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट देखाउनु पर्ने

१३ माघ, वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो ।

भारतमा गणतन्त्र दिवसका अवसरमा किसानहरुले ट्याक्टर र्याली प्रदर्शन

१३ माघ, नयाँदिल्ली । भारतका किसानहरुले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर र्याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रुपमा ट्याक्टर र्याली निकालेका हुन् । राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरुले ट्याक्टर र्याली निकालेपछि सुरक्षाकर्मीसँग झडप समेत भएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने प्रचण्डको अठोट

१३ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मङ्गोलियनले मनाइने माने पर्वको रौनक प्रभावित

१३ माघ, हुम्ला ।  हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्र्दभलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यम पनि हो ।

दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस

१३ माघ, चरीकोट । सरकारले आगमी वैशाख १७ र २७ गते घोषणा गरेको आम निर्वाचनलाई लक्षित गर्दै दोलखाको आठ मतदान केन्द्र परिर्वतन गर्न सिफारिस भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये दुई गाउँपालिका र एक नगरपालिकाले विभिन्न ठाउँमा रहेको मतदान केन्द्रहरु हटाएर नयाँ ठाउँमा मतदान केन्द्र तोक्नका लागि निर्वाचन आयोगमा पठाउन सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी गोमा धमलाले जानकारी दिनुभयो ।

पुनर्जन्म हुने अन्धविश्वासमा एक दिनमै दुई छोरीको हत्या

१३ माघ, एजेन्सी । भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाको मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छोरीको हत्या गरेका छन् । ती दम्पतीले एक दिनमै दुई छोरीको पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नगरपालिकाले शालि नदी मेलामा पसल थाप्न नदिने

१३ माघ, शंखरापुर । कोरोना संक्रमणका कारण यस बर्ष शंखरापुर नगरपालिका शालि नदी मेलामा पसल थाप्न नदिने बताएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीलाइ मध्यनजरमा राखेर भिडभाड कम गर्न यस्तो निर्णय गरिएको शंखरापुर नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन ।

आरोहण मुस्किल छ, कठिन छ तर म जान सके धुमधाम हुन्थ्यो : ओली

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला येलेन

१३ माघ, वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उहाँ अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनुहुनेछ ।

प्रधानमन्त्रीले सरकार चलाउँदिन जनतासमक्ष जान्छु भन्न पाउने की नपाउने ?

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयमा सर्वोच्च अदालतमा जारी सुनुवाईमा राजनीतिक मुद्धाले उत्तिकै महत्व पाउने गरेको छ । खासगरी न्यायमूर्तिहरु नै संवैधानिक विषयका अलावा राजनीतिक मुुद्धामासमेत चासो राख्न रुचाइरहेका छन् ।

नाकाबाट सात वर्षीया बालिकाकाे उद्धार

१३ माघ, जनकपुरधाम । ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ ।

अमेरिकी विज्ञ भन्नछन्, नयाँ प्रकारविरुद्ध मोडेर्नाको खोपले काम गर्छ

१३ माघ, एजेन्सी । अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन्।

सुन तोलामा ४०० ले उकालो लाग्यो

१३ माघ, काठमाडौं ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

१३ माघ, काठमाण्डौ। भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो ।

कर्णालीमा कोरोना खोप ‘कोभिशिल्ड’ आइपुग्यो

१३ माघ, कर्णाली। भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

बाक्लो हुस्सु र कुहिरोले तराईका नागरिकको जनजीवन प्रभावित

१३ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा घाम देख्नै मुश्किल रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज मिति वि.सं. २०७७ साल माघ १३ मंगलबार, यस्तो छ तपाईंको राशिफल 

 

[sidebar name="button post"]