१३ माघ, एजेन्सी । भारतकी एक महिलामा देखिएको कोरोना भाइरस संक्रमणको केसले चिकित्सकहरूलाई नै हैरान भएका छन् । ५ महिनाको बीचमा एक महिलाको ३१ पटक कोरोना जाँच गर्दा ती महिलाको सबै परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि हैन भएका हुन् ।
घटना भारतको राजस्थान भरतपुरको हो। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार त्यहाँ रहेको एक आश्रममा गत अगस्ट महिनाको अन्त्यतिर सारदा देवी नामकी ३५ वर्षीया महिला आश्रय लिन आएकी थिइन्। त्यहाँ बस्नका लागि आवश्यक प्रोटोकल अनुसार उनको कोरोना परीक्षण गरिएको थियो ।
त्यस परीक्षणमा उनको पोजेटिभ रिपोर्ट देखियो। त्यस ता अहिलेसम्म ती महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट नै देखिइरहेको छ । सारदा देवीको पहिलो परीक्षण सेप्टेम्बर ४ मा गरिएको थियो भने पछिल्लो परीक्षण ७ जनवरीमा गरिएको थियो। पछिल्लो परीक्षणमा पनि रिपोर्ट पोजेटिभ नै आयो ।
आश्रममा अधिकारीहरूलाई उद्धृत गर्दै एएनआईले दिएको खबर अनुसार ५ महिनाका बीचमा सारदा देवीको १७ पटक आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। भने आरडीटी र एन्टिजेन परीक्षण गरी १४ पटक परीक्षण गरिएको छ। सबै परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
पहिलो पटक संक्रमण देखिएपछि सारदा देवीलाई आइसोलेसनमा राखिएको थियो। यसबीचमा उनलाई एलोप्याथी, होमियो प्याथी, आयुर्वेदिक सबै प्रकारका औधषिको प्रयोग गरियो। ती सबैका बाबजुद पनि सारदा देवीको कोरोना रिपोर्ट पोजेटिभ नै रह्यो।
रिपोर्ट पोजेटिभ आएपनि उनको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। राम्रैसँग उभिनसमेत नसक्ने अवस्थामा आश्रममा आएकी सारदा देवी अहिले तगडा भएकी छिन्। ५ महिनामा उनको ७–८ केजी तौल पनि बढेको छ । उनको किन यसरी कोरोना पोजेटिभ रिपोर्ट आइरहेको भन्नेमा चिकित्सकहरू नै अन्योलमा छन् ।











