कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्याे

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

बंठकले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो । यस्तै बैठकका अनुसार ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुने जनाइएको छ ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो  । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

यसअघि कांग्रेसले ओलीको कदमविरुद्ध पुष १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुष २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरीय र  माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

[sidebar name="button post"]