आजको मुख्य समाचारमा
प्रधानमन्त्रीको भाषणले आफूहरू प्रभावित नहुने न्यायाधीशकाे जिकिर
७ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहको सर्वोच्च अदातलको संवैधानिक इजलासका न्यायाधीशले कसैको भाषणले आफूहरू प्रभावित नहुने बताएका छन्। बुधबारको सुनुवाइका क्रममा बहस गरेका रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले भाषणमा संसद पुनर्स्थापना हुन्न भन्दै हिँडेको कुरा इजलासमा राखेका थिए।
देशभर ३१८ जनालाई कोरोना संक्रमणकाे पुष्टि
७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमका अनुसार ५ हजार १२ जनाको पीसीआर परीक्षण भएकोमा ३१८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
अत्याधिक चिसोले प्रदेश २ मा तीन जनाको मृत्यु, विद्यालय बन्द
७ माघ, वीरगञ्ज । चिसो अत्याधिक बढेपछि पर्सा र बाराका विभिन्न पालिकाहरुले विद्यालय बन्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले विद्यालय बन्द गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका विद्यालय भने आजबाट खुलेका छन् ।
कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभर प्रदर्शन गर्दै
७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् ।
अमर्यादित रुपमा परीक्षा लिने ३ जना शिक्षक पक्राउ
७ माघ, कास्की । परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका-१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती
७ माघ, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो ।
भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भोला थापा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।
प्रदेश १ को हिउँदे अधिवेशन : तीन मिनेटमात्रै बसेर स्थगित
७ माघ, बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । त्यसअघि राष्ट्रिय गान बजाइएको थियो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए ।
भारतले तत्काल नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन दिने
७ माघ, काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन तत्कालै उपलव्ध गराउने भएको छ । स्वास्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
कांग्रेसले अब प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा ठोस धारणा बनाउने
७ माघ, काठमाडौं । नेकपाको दुबै खेमाको तानातानमा रहेको नेपाली काँग्रेसले अब भने प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा ठोस धारणा बनाउने भएको छ । यस प्रयोजनका लागि सभापति शेरबहादुर देउवाले घनिभूत छलफल अगाडि बढाएकाछन् । प्रदेश नं.१ र बाग्मती प्रदेशसभामा नेकपाकै प्रचण्ड–माधव समूहले ओली समूहका मुख्यमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् ।
रुपन्देहीमा शरीरमा मट्टितेल खन्याएर युवकको जलाएर हत्या
७ माघ, बुटवल । रुपन्देहीमा शरीरमा मट्टितेल खन्याएर युवकको जलाएर हत्या भएकाे छ । जिल्लाकाे मर्चवारमा एक युवकको जलाएर हत्या भएको हाे । प्रहरीका अनुसार हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुष हुन्, उनकाे सनाखत हुन बाँकी रहेकाे छ ।
नेपालले कोरोनाविरुद्धको खोप अनुदानमा पाउने
७ माघ, काठमाडौं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।
‘सडकमा भोक भोकै रहेका गाई बस्तु देख्दा पिरोल्ने गर्छ’ : अभियन्ता पुडासैनी
कागेश्वरी मनोहरा नगरपालिका ८ का स्थानीयबासिन्दा उत्तम पुडासैनी करिब ५ बर्षको लामो समयदेखि सडकमा छाडा रुपमा छोडिएका गाईबस्तुहरुको सुरक्षा गर्दै आउनुभएको छ। यसरी छोडिएका भोक भोकै रहेका गाई बस्तु देख्दा उहाँलाई पिरोल्ने गर्छ। अरुले जसरी गुनासो गर्ने फुर्सद छैन उहाँलाई। बि.स. २०७६ जेठ १ गते देखि उहाँले गाई बस्तुको हेरचाहको लागि छुट्टै स्थान बनाएर संस्थागत रुपमा काम गर्दै आउनु भएको छ । हाल उहाँको संस्थामा एक सय गाईबस्तुले संरक्षण पाइरहेका छन्।
खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि, दुई उद्योग कारवाहीमा
७ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरस दिन प्रतिदिन नयाँ नयाँ देशमा, विश्वका ६० देशमा पुग्यो
७ माघ, जेनेभा। कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।
अदालतमा जारी सुनुवाइमा बहस गर्ने समय तोकियो
७ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् ।
नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो
७ माघ, काठमाण्डौ। नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको सुन चाँदी व्यवसायी महासंघ जनाएको छ ।
राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु
७ माघ,काठमाण्डौ। राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।
मौसम पूर्वानुमान : तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो
७ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।महाशाखाका अनुसार अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने अनुमान रहेको छ । देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
बस र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु, दुई घाइते
७ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चलचित्रमा भविष्य छ : सफल निर्देशक, लेखक तथा कलाकार विश्वमणी घिमिरेको जीवन संघर्ष
नेपाली चलचित्रको क्षेत्रमा झण्डै दुई दशक बिताएका विश्वमणी घिमिरे एक सफल निर्देशक, लेखक र कलाकार हुनुहुन्छ । चलचित्र निर्देशकका रुपमा उहाँले लिखित कथालाई सुन्दर चलचित्रको रुपमा प्रस्तुत गर्नुहुन्छ । चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो । निर्देशकको आदेश अनुसार वा सोचाईं अनुसार चलचित्र निर्माण हुने गर्छ ।
आज माघ ७ गते बुधबार, कस्तो छ तपाईंको राशिफल ?












