७ माघ, पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट दुई जना संक्रमित महिलाको मृत्यु भएको छ । कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–२९ की ३५ वर्षीया महिला र स्याङ्जाको बिरुवा गाउँपालिका–५ की ७० वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
पोखराकी ३५ वर्षीया महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको हो । स्याङ्जाकी ७० वर्षीया महिलामा मंगलबार संक्रमण पुष्टि भएकोमा उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।












