हिमपातका पछि एक महिला पुएर्ट डे अल्कलामा हिंड्दै
Ad #144479

मडरीड, स्पेन। दशकाै पछि स्पेनको राजधानी मडरीडमा ठुलो हिमपात परेको छ। हिमतमा साबेल र औजार लिगी मडरीडका वासिन्दा हिउँ सोर्नका लागी वाहीर निस्केका छन्।

आधिकारीक रूपमा मानीसहरूलाइ सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरीएको छ। हिउँको थुप्रो शुक्रवार र शनिवार सात देखी आठ इन्च सम्म अग्लो पुगेको थियो। संकटमा उद्धारकर्मी र शैनिक द्वारा गाडीमा फसेका २५०० चालकको उद्धार गरेकाछन्, हिमपातका कारण कम्तिमा तिन व्यक्तिको मृत्यु भएको अनुमान गरीएकोछ।

प्रयाप्त मात्रामा नुन र हिउँ उठाउने साधनको अभावका कारण हिउँ सोर्न र ढलेका रूखहरू सोमवार मात्र सफा गरीएको थियो। अधिकारीहरू चिन्तामा छन् , उनीहरू हिउँ बरफमा परीणत हुनु भन्दा पहिलै उठाइसक्न चाहन्छन्। स्पेनको मध्यम भागमा तापक्रम १३ डिग्री सेल्सियस घटेको छ। हामी अझै मुस्किलको सामना गर्दैछाै, पहिलेकै अवस्थामा फर्किन त्यति सजिलो नरहेको, स्पेनका आन्तरीक मन्त्री फर्डिनण्डो ग्राण्डेले पत्रकार सम्मेलनमा वताउनुभएकोछ।

मडरीडमा सन् १९७१ पछिकै ठुलो हिमपात परेकोहो। मडरीड वरपर सवै विद्यालयहरू १८ जनवरी सम्मको लागि वन्ध गरीएको छ। हिमपातका कारण एक हप्ताका लागि बन्द मडरीड एयरपोर्ट शैनिक द्वारा हिउँ सफा गरेपछी आइतवारबाट पहिलो उडान लिगेको छ।

स्पेनको ११६ ओंटा ठुला सडक बन्द भएको छ भने ६०० वटा सडक निसेधित गरीएको छ। अति आवश्यक कामकाजका लागि भनेर मडरीड मेट्रो सञ्चालन गरीएकोछ।

स्रोत:अलजजिरा