२८ पुष, पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आधिकारिकता र चुनाव चिन्ह् सूर्य आफूले पाउने दाबी गरेका छन् । आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय बैठकलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले भने – हामीसँग ७० प्रतिसतभन्दा बढी मत रहेकाले स्वभाविक रुपमा आधिकारिकता र चुनाव चिन्ह पाउनेछौं, नत्र आँधी तूफान आउनेछ ।
हिजो आफूहरु निर्वाचन आयोग गएको र यसबारे जिज्ञाशा राखेको प्रसंग झिक्दै अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले आयोगलाई प्रभावित पार्न खोजेपनि त्यसले कुनै प्रभाव नपर्ने पनि प्रष्ट पारे ।












