Ad #144479

८ पुष, पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ कालीगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ना ३ ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार मृतकको सनाखत भैसकेको र तीनजना पुरुष छन् । ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट र्फकदै गर्दा दुर्घटनामा परेको हो ।