८ पुष, काठमाडौं । आफ्नो नयाँ गुट र कित्ताबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गर्न सकेका छैनन् ।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए ।
बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा पनि सहभागि भएनन् । सोहीकारण उनको रिजर्वेशन अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय ओली र प्रचण्डबीच कित्ताकाँट हुँदा बादल र वामदेव गौतम खुलेर लागेका छैनन् । सोही कारण ढिलोचाँडो यी नेताहरु कता लाग्छ ? भन्ने हेर्न बाँकी छ ।












