Ad #144479

८ पुष, काठमाडौं । आयुष्मान खुराना नयाँ चलचित्र ‘डाक्टर जी’मा काम गर्ने भएका छन् । बरेली कि वर्फी, बधाई हो’ लगायतका चलचित्रको सफलतापछि जंगली पिक्चर्सले नायक आयुष्मान सँग फेरि एकपटक सहकार्य गर्न लागेकाे हाे ।

आयुष्मानले चलचित्रको स्क्रिप्ट पढेपछि आफूलाई चलचित्रप्रति प्रेम हुन थालेको बताएका छन् ।  आयुष्मानले चलचित्र साइन गरेपछि भारतीय मिडियासँग भनेका छन्–‘म पहिलो पटक चलचित्रमा डाक्टरको भूमिका निर्वाह गर्न लागिरहेको छ । म यो चलचित्रको माध्यमबाट दर्शकलाई यस्तो सन्देश पनि दिनेछु, जसले दर्शकको मनमा सिधै स्थान जमाउनेछ ।’

आयुष्मानले जंगली पिक्चर्सको कथा भन्ने शैली आफूलाई निकै मनपर्ने पनि उल्लेख गरेका छन् । उनले, जंगली पिक्चर्ससँग आफूले हिटको ह्याट्रिक गर्ने पनि उल्लेख गरेका छन् । यो चलचित्रलाई अनुभुती कश्यपले निर्देशन गर्दैछन् ।