कागेश्वरी खबर
१८ असार, काठमाण्डौ। रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
हामीले गरेको रक्तदान कुनै सङ्घ/संस्थाको लागि नभएर हाम्रो समाजमा मरणावस्थामा रहेका बिरामीहरूको लागि हो। हाम्रो शरीरको रगतको केही अंशले कुनै बिरामीले नयाँ जीवन प्राप्त गर्छ भने यो नै संसारको सबैभन्दा ठूलो धर्म र सेवा हो। त्यसैले सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तोष रक्तदान गर्नु हो।
कारोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मनास्लु वर्ल्ड सेकेन्डरी स्कूल आलापोटले भोलि असार १९ गते शनिबार बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो।
कोरोना भाइरस संक्रमणका कारण विरामीहरुले अस्पतालहरुमा रगत नपाएर छटपटिनु पर्ने अवस्था सृजना हुन लागेको भन्दै केहि हदसम्म पूर्ति हुने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम मनास्लु वर्ल्ड सेकेन्डरी स्कूल आलापोटमा बिहान ११ बजे सुरु हुने छ।
विषम परिस्थिति र अभावको समयमा गरिएको रक्तदानको महत्व बिशेष रहने भन्दै सबै रक्तदातालाई उल्लेख्य सहभागी भई कार्यक्रम सफल पारिदिन समेतमनास्लु वर्ल्ड सेकेन्डरी स्कूलले आग्रह गरेको छ ।
रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ ।
हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने ? रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ ? त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।
रक्तदान जीवनदान । रक्तदान गर्नु पुण्यको काम हो ।











