२५ मंसिर, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा पीएसजीले ईस्तानबुल बासाकेशिरलाई हराएको छ । बुधबार भएको खेलमा पीएसजीले ईस्तानबुल क्लबलाई ५–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमारले ह्याट्रिक गरे । थप दुई गोल केलियन एम्बाप्पेले गरेका थिए । मंगलबार राति खेल्ने तय भएको खेल ईस्तानबुलका अफिसियललाई रेफ्रीले रंगभेदी व्यवहार गर्दा रद्ध हुन पुगेको थियो । सोही कारण दुवै टिमका खेलाडीले मैदान छाडेका थिए ।
जित सहित पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । म्यान्चेष्टर युनाईटेडलाई हराएर नकआउट चरणमा पुगेको आरबी लाईपेजिग समूह उपविजेता बन्यो ।












