अहिले मौसम चिसो छ, जाडो मौसममा पक्षघातको जोखिम बढी नै हुने गरेको अध्ययनले देखाएको छ । तेसो त जाडो मौसममा शरीरमा धेरै किसिमका रोगहरुले आक्रमण गर्न सक्छ । चिसो हावाका कारण शरीरमा चिसो लाग्ने, घाँटीको दुखाइ, फ्लुको समस्या, मस्तिष्कको स्ट्रोक र पक्षघात जस्ता रोगहरूको जोखिम धेरै हुने गर्छ ।
गर्मीमा भन्दा जाडोमा पक्षघातको खतरा बढी हुन्छ । यस्तो अवस्थामा प्रायः बिहान र साँझ घरमै बस्न चिकित्सकहरु सल्लाह दिन्छन् । विशेष गरी बुढेशकाल लागेका र बच्चाहरूलाई घरमै बस्न सल्लाह दिइन्छ । यसबाहेक रक्तचाप र मुटुसम्बन्धी रोगहरू भएका बिरामीहरूलाई चिसो हावाबाट जोगिन सुझाव दिइन्छ ।
विज्ञहरुका अनुसार चिसो हावाका कारण तापक्रम एकदम कम हुन्छ । यसको कारणले गर्दा हाम्रो शरीरका धमनीहरू संकुचन हुन्छन्, जसको कारण रक्तसञ्चार प्रभावित हुन्छ । यस कारण जाडोमा पक्षघातको जोखिम बढी हुन्छ ।
पक्षघातको लक्षण
पक्षघातको लक्षण धेरै सजिलै पहिचान गर्न सकिन्छ । निम्न लक्षण देखिएमा त्यसलाई पक्षघातको रुपमा मान्न सकिन्छ ।
–शरीरको एक भागमा सुन्निनु
–शरीर कमजोरी हुनु
– बोल्न समस्या हुनु
–व्यवहारमा परिवर्तन र अनुहारमा चमक हराउनु
–मान्छेको कुरा बुझ्न समस्या हुनु
–आँखामा समस्या
–अज्ञात किसिमको दुखाइ
पक्षघातको उपचार
–शल्य चिकित्सा
–शारीरिक रुपमा सक्रिय हुनु
–व्यावसायिक उपचार आदि ।
यी सबै विधिमार्फत डाक्टरहरूले पक्षघात भएका बिरामीहरूको उपचार गर्ने प्रयास गर्छन् ।
पक्षाघात रोकथामका उपायहरु
–जीवनशैली परिवर्तन गर्नुहोस्
–शारीरिक रूपमा सक्रिय हुनुहोस्
–नियमित व्यायाम गर्नुहोस्
–धुम्रपानबाट टाढा रहनुहोस्
–मदिरा सेवन नगर्नुहोस्
–चिसो हावाबाट टाढा रहनुहोस्।
–उच्च रक्तचाप र रगतमा रहेको चिनीको मात्रा नियमित जाँच गर्नुहोस् ।











