Ad #144479

२५ मंसिर, एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले मार्सेलीलाई ३–० ले पराजित गरेको छ । घुँडाको चोटका कारण लामो समय मैदान बाहिर बसेका अग्युरोले गोल गरेको खेलमा सिटी तीन शुन्यको गोलले विजयी भएको हो ।

सिटी यसअघिनै समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको थियो । सोही समूहको अर्को खेलमा पोर्चुगलको पोर्टोले ओलम्पियाकोसलाई २–० ले हरायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै पोर्टो समेत समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।