पिएसजीले जित्यो फ्रेन्च कपको उपाधि

पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर उपाधि जितेको हो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।