इंग्लिस प्रिमियर लिग र इएफएलको आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु

इंग्लिस प्रिमियर लिग फुटबल र इंग्लिस फुटबल लिग (इएफएल) को नयाँ सिजन आउँदो सेप्टेम्बर १२ देखि सुरु हुने भएको छ । आउँदो सिजनको प्रिमियर लिग मे २३ मा सकिने छ ।

यस्तै च्याम्पियनसिप, लिग वान र लिग टू फुटबलको आउँदो सिजन मे ८ र ९ मा सकिने छ । यो सिजनको खेल कोरोना भाइरसको महामारीका कारण तीन महिना रोकिएको थियो ।

यस्तै यो सिजनको च्याम्पियन्स लिगका बाँकी खेलहरु अगस्ट ७ देखि सुरु हुँदैछन्। फाइनल खेल आउँदो अगस्ट २३ मा हुने छ । यस्तै युरोपा लिगका बाँकी खेलहरु अगस्त ५ देखि सुरु भएर फाइनल खेल अगस्ट २१ मा हुनेछ ।