बार्सिलोनाका कप्तान लियोनल मेस्सी सातौँ सिजन स्पेनिस ला लिगामा गोल्डेन बुट जित्न सफल भएका छन्। आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा एलाभेसलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि दुई गोल गरेका मेस्सी सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
उनले लगातार चौथो सिजन गोल्डेन बुट जितेका हुन् । मेस्सीले कुल सातपटक ला लिगामा सर्वाधिक गोलकर्ताले पाउने पिचिचि अवार्ड जितेर तेल्मो जाराले ६ पटक जितेर बनाएको कीर्तिमान तोडेका हुन् ।
मेस्सीले सन् २००९–१० को सिजनमा ३४, २०११–१२ को सिजनमा ५०, २०१२–१३ को सिजनमा ४६, २०१६–१७ को सिजनमा ३७, २०१७–१८ को सिजनमा ३४ तथा २०१८–१९ को सिजनमा ३६ गोल गरेका थिए ।
यो सिजन ला लिगाको उपाधि रियल मड्रिडले जितेको हो।