काठमाण्डौ उपत्यका सहित मुख्य शहरमा आजदेखि थप सार्वजनिक गाडी चल्ने

काठमाण्डौ उपत्यका सहित मुख्य शहरमा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् । असार ३० गतेदेखि काठमाण्डौ उपत्यका सहित केही ठाउँमा थोरै संख्यामा सार्वजनिक गाडी चल्दै आएकोमा आजदेखि अरु पनि थपिएका हुन् ।

यसअघि साझा यातायात सहित सुन्दर यातायात, संयुक्त यातायात लगायतका केही कम्पनीले थोरै सङ्ख्यामा बस चलाउँदै आएका थिए । काठमाण्डौ उपत्यकामा तीन जिल्लामा चल्नेछन् । सरकारले काठमाण्डौ उपत्यकाभित्र एक जिल्ला तथा उपत्यका बाहिर एक जिल्ला भित्र सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको हो ।

[sidebar name="button post"]