बायर्नसँग पराजित हुँदै बार्सा समूह चरणबाटै बहिरियो

काठमाडौं: आफ्नो घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा बार्सा ३–० गोलले पराजित भएको हो ।

समूह ‘सी’ अन्तर्गत क्याम्प नोउमा भएको खेलमा बायर्नलाई जित दिलाउन सादियो माने, एरिक चुपो मोटिङ र बेन्जामिन पाभार्डले एक/एक गोल गरे ।

खेलको १०औं मिनेटमा मानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ३१औं मिनेटमा मोटिङले टोलीको अग्रता दोब्बर बनाए । थप गरिएको समयमा पाभार्डले गोल गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए ।

त्यसअघि भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४–० गोलले पराजित गरे लगत्तै बार्सिलोना बायर्न म्युनिखसँग खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा बार्सिलोना पराजित भएको हो । दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई हराएपछि जर्मन टोली समूह ‘सी’ को विजेता बनेको छ ।

[sidebar name="button post"]