भाइटिकाका दिनदेखि शनिवारसम्म यस्तो छ मौसम

काठमाडौं: तिहारको मुख्य दिन भाइटिकामा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भाइटीकामा टीका लगाउन जाने दिदीबहिनी तथा दाजुभाइलाई मौसम सफा हुने हुनाले त्यति अवरोध हुने छैन । प्रदेश १, वागमती र गण्डकीका सीमित ठाउँमा मात्र हल्का वर्षाको सम्भावना छ । राति पनि अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रवार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

[sidebar name="button post"]