भाइटिकाको उत्तम साइत सार्वजनिक

काठमाडौं: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०७९ को तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कार्तिक १० गते परेको भाइटिकाको साइत भने विहान ११ : ३७ मा रहेको छ ।

समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो। टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ।

यसैगरी न्युयोर्क अमेरिकामा ११ः२९, थाइल्याण्डमा ११ः२५, मेर्लबर्न अस्ट्रेलियामा ११ः ११ बजे टीकाको साइत रहेको छ ।समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि उल्लेख गरेको छ।

[sidebar name="button post"]