नगर स्तरीय ब्याडमिन्टनको नगर प्रमुख कार्कीद्वारा सुभारम्भ

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा नगर स्तरीय ब्याडमिन्टनको नगर प्रमुख उपेन्द्र कार्कीले सुभारम्भ गरेका छन् ।

कागेश्वरी वडा नम्बर ७ मा घनामंगल युथ फोरम फर सोसाइटीले कार्यक्रमको आयोजना गरेको थियो । सहि वडा नम्बर ७ स्थित कबर्ड हलमा कार्यक्रमको सुभारम्भ गरिएको थियो । कार्यक्रम असोज १० देखि १५ गतेसम्म हुने छ ।

May be an image of 10 people, people standing and text that says '× REDMI NOTE 8 PRO AI QUAD CAMERA'

उक्त कार्यक्रममा नगर प्रमुख कार्कीले भने ‘कागेश्वरीलाई खेलमैत्री बनाउने मेरो जोड रहेको छ । कार्कीले खेलाडीलाई हौसला र शुभकामना दिदै अझै खेल क्षेत्रमा राम्रो प्रगति गर्दै जानु । साथै खेलकुद क्षेत्रमा महिले पहिलेदेखि नै आवाज उठाउदै आएको छु । कागेश्वरीलाई खेलकुद जगतमा सदैव खेलमैत्री बनाउने मेरो उद्देश्य रहेको छ ।

[sidebar name="button post"]