११ असोज, काठमाडौँ । मेक्सिकोमा हुन गइरहेको विश्व तेक्वान्दो च्याम्पियनशिपको रेफ्रीका लागि दक्षिण एसियाबाट नेपालका अशोक खड्का छनौट भएका छन् । विश्व तेक्वान्दो महासंघले नै दक्षिण एसियाबाट नेपालका खड्कालाई रेफ्रीका लागि छनौट गरेको जनाएको छ ।
खड्का दक्षिण एसियाबाटै रेफ्रीका लागि छनौट हुने एक्ला रेफ्री हुन् । विश्व तेक्वान्दो च्याम्पियनशिप मेक्सिकोमा नोभेम्बर ११ देखि २१ तारिख हुँदैछ । विश्वकै उत्कृष्ट रेफ्री भएका कारण तेक्वान्दो महासंघले आफ्ना प्रतियोगितामा खड्कालाई पहिलो प्राथमिकता राखेर छनौट गर्ने गरेको छ ।
खड्काले आउँदो मंसिर ४ गते हुने चुनावमा प्रदेशसभातर्फ काठमाडौँ क्षेत्र नं. २ (ख) मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
[sidebar name="button post"]











