सन्दीप लामिछाने बचाउ अभियान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा आवाज उठाइरहेको सन्दीप बचाउ अभियानले आज एक अपील जारी गर्दै सञ्चारमाध्यममा आइरहेका घटना विवरणमा सत्यता नरहेको दाबी गरेको छ ।

सन्दीप पक्षको सन्दीप बचाउ अभियान नै खोलिएको छ। सो अभियानले आज एक अपील जारी सन्दीप र किशोरी दुवैका परिवारलाई वार्तामा राखेर घटनाको सफल अवतरण गर्न सरकारसँग अनुरोधसमेत गरेको छ।

अभियानका संयोजक मनिष सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेका हुन् । कानून र विधिलाई सबैले सम्मान गर्नैपर्ने भन्दै विज्ञप्तिमा घटनाको समाधानतर्फ आफूहरुले अग्रसरता लिएको उल्लेख छ । ‘यही घटनाका आधारमा बाहिर आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छन् ।’

[sidebar name="button post"]