कार दुर्घटना हुँदा २ को मृत्यु, ४ जना घाइते

झापा: झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।

झापाको दूधे–माइधर सडक खण्डमा बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक सप्तरीका ४४ वर्षीय बलराम चौधरी र सुनसरीकी ३० वर्षीया गीता चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा मोरङको सुन्दरहरैचा ६ की रीता चौधरी, इटहरी ८ का २७ वर्षीय तेजन चौधरी, धरान १५ कै ३३ वर्षीय राजेश चौधरी र धरान १५ का ३६ वर्षीय विभिषण दास गम्भीर घाइते छन् । उनीहरुको बिर्तामोडस्थित बिएन्डसी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा गएर ठोक्किएको थियो। रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ। चालकसहित कारमा ६ जना सवार थिए।

[sidebar name="button post"]