काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ ।
डा. केसीले उठाएका मागका सवालमा सुरु भएको छलफलमा सरकारका तर्फआट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी छन्। डा. केसीका तर्फबाट भने डा. जीवन क्षेत्रीसहित पाँच सदस्यीय टोली सहभागी छ । आज बुँदागत रुपमा निष्कर्षमा पुग्नेगरी छलफल हुने बताइएको छ ।
यसअघि आइतबार भएको पहिलो वार्तामा विषयवस्तुमा मात्र प्रवेश भएकाले आजको बैठकमा मुद्दाबारे छलफल हुनेछ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको अस्पतालको रिपोर्ट छ ।
[sidebar name="button post"]









