१००८ भन्दा धेरै माहात्माले सिद्दिप्राप्त गरेको उत्तरबाहिनी

रमिता दंगाल

काठमाडौ जिल्लाको उत्तरपुर्वमा पर्ने गोकर्णेश्वर नगरपालिका वडा नम्बर १० मा पर्छ उत्तरबाहिनी । यो तिर्थ विभिन्न सिद्ध महात्माहरुको सु–प्रसिद्द साधना स्थल समेत रहिआएको छ ।

यहाँ साधना गरेर श्री १००८ गलेश्वर बाबा, श्री १००८ बासुकी बाबा, श्री १००८ षडानन्द ब्रह्मचारी, श्री १००८ कुबेरपुरी बाबा, श्री १००८ शिवपुरी बाबा, श्री १००८ तुलसी बाबा, श्री १००८ सिद्दमाता योगमाया, श्री १००८ प्रेमनाथ तथा साधन, श्री १००८ महानन्द भण्डारी आदि अनेक माहात्माले सिद्दिप्राप्त गर्नु भएको थियो ।

काठमाडौमा शुद्ध रूपमा बाग्मती बग्ने एकमात्र पवित्र उत्तर बाहिनी पितृ तिर्थ पनि हो । उत्तरगया पितृ तिर्थ भएकाले यहाँ श्राद्द गर्नेहरुको सधैं भिड लाग्दछ । यहाँ कान्तिपुर अर्थात अहिलेको काठमाडाँै शहरका संरक्षक श्री कान्ति भैरवको लिच्छवि कालिन मन्दिर छ।

यहाँ तपस्विका गुफा राममन्दिर, पन्चमुखी हनुमान, जागेश्वर, पद्यमुक्तेश्वर आदि अनेक देवदेवीका मन्दिर छन्।

बिशेष गरेर भाद्र महिनाको औशिमा स्नान गरेर पिण्डदान पनि गर्दछ भने आमाको कुल, बन्धुबान्धवको कुल, ससुराको कुल पनि तार्दै अगाडीका सयौं कुल तारेर पितृलोकमा प्राप्त हुन्छ भन्ने बिश्वास भक्तजनको छ ।

मन्दिरको इतिहास

कान्ति भैरब मन्दिरको इतिहास हेर्दा २०६९ सय बर्ष अगाडि बनेको बिश्वास छ । बिक्रम सम्वतको दोस्रो देखि छैठो सताब्दी सम्म यो मन्दिर तयार भइसकेको बिश्वास छ । मानदेव प्रथमले काठमाडौ सहरलाई कान्तिपुर भन्ने नाम राखेर कान्तिपुरको रक्षा गर्ने देउताको रूपमा कान्तिस्वर कान्ति भैरव नामाकरण गरि यश मन्दिरलाई स्थापना गरिएको हो ।

भैरव भनेको शिवजिकै रुपहो, यसको मुख्य मन्दिर गोकर्णेश्वरको देशे भन्ने गाउँमा पनि रहेको छ । त्यसकारण यसलाई याहा कान्तिस्वर कान्ति भैरव नामकरण गरेर अष्ठकोण (आठकुना ) भएको मन्दिर बनाएर भैरव स्थापना गरिएको छ । यस मन्दिरलाई उत्तरगया मन्दिरको रुपमा पनि चिन्ने गरिन्छ ।

उत्तर तिर पानी बगने हुनाले यस मन्दिरको नामनै प्राकृतिक रुपमा उत्तर गया रहन गएको हो । सुमेरु पर्वत उत्तरतिरै छ, शिवजि उत्तरमै बस्नुहुन्छ,गंगा पर्वत उत्तरनै रहेको हुनाले यस मन्दिरमा नुहायो भने १००० तिर्थमा नुहाएको बराबरको पुन्यमिल्ने धार्मिक विश्वास रहिआएको छ ।

यो क्षेत्रमा पन्चमुखी हनुमानको बिशेष चर्चा छ ।

राजा बिरेन्द्र संग पनि यसको सम्बन्ध थियो । कुनैबेला राजा एउटा माहात्माको प्रवचन सुन्नु पाल्नुभाको थियो। जोगिले संस्कृत या हिन्दीमा प्रवचन गर्नु हुन्थ्यो र गुरु ऋषिराम पोखरेलले त्यसको अनुवाद स्वमले गर्नुहुन्थ्यो ।

यो मन्दिरमा बिशेष गरि बैशाख शुक्ल अक्षय तृतीयका दिनदेखि पन्चमीका दिनसम्म मेला लाग्दछ भने पौष कृष्ण औँसीका  दिन हजारौं श्रद्धालु आउने गर्दछ्न ।

 

[sidebar name="button post"]