Ad #144479

२५ असोज, काठमाण्डौ। आज सोमबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली भई अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।आज दिउँसो देशको पहाडी भूभाममा आंशिकदेखि सामान्य बदली तथा अन्य भू्भागमा मौसम सामान्यतया सफा रही पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति पनि देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।