Ad #144479

२५ असोज, धनगढी। अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरीले जानकारी दिए ।

त्यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ।

घाइते १५ जना मध्ये १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइहेको छ भने २ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।