मनसुनी वायुको सामान्य प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

४ भदौ, काठमाण्डौ। हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।