तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

२ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर बुधबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुनी न्यून चापिय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक र पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ । सोही प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।