कुलमानविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

२ भदौ, काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यसअघिका सीईओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाईका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल ईजलास तोकेको हो।

रिटमा कुलमानलाई नियुक्त गर्ने निर्णय असंवैधानिक भएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गरी शाक्यलाई पुर्ननियुक्ति गर्न अन्तरिम आदेश माग गरिएको छ।

मन्त्रीपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतलाई विपक्षी बनाईएको छ