आजको मौसम पूर्वानुमान : देशभर बदली, केही स्थानमा वर्षाको सम्भावना

२६ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसम बदली भएको हो ।

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यसैगरी बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।