प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

२६ जेष्ठ, काठमाण्डौ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि रोकिएको सुनुवाइ आजबाट पुन सुरु हुने भएको हो ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा राखिएको थियो।

इजलास पुनर्ठनलाई लिएर प्रधानमन्त्री पक्षका वकिलहरुले असहमती जनाएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ सुरु हुन अझै सकेको छैन ।

आज पनि विषयवस्तुमा केन्द्रित भएर बहस सुरु हुन्छ हुँदैन भन्ने विश्यमा आंशका देखिएको छ । सरकारी पक्षका वकिलहरुले विरोधकाबीच आज सुनुवाई सुरु हुनुहोला भन्ने आंशका छ ।

उक्त विवादमा ३० रिट निवेदन परेका छन्। मन्त्रिपरिषद्को यही जेठ ७ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ७ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ।