आजको मौसम पूर्वानुमान : दिनभर कहाँ कस्तो रहला ?

२५ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।पश्चिमी र पूर्वी वायु तथा स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसम बदली भएको हो।

आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै राति पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली हुनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।