आजदेखि चीनले अनुदानस्वरुप दिएको ‘भेरोसेल’ खोप लगाईंदै

२५ जेष्ठ, काठमाण्डौ। नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । तेस्रो चरणको खोप अभियानमा काठमाण्डौ उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइनेछ ।

खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड-१९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको खोप शाखाले जनाएको छ।

खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई दुई डोज खोप दिनुपर्छ। चीनले दिएको १० लाख डोजले ५ लाख व्यक्तिलाई मात्र पुग्छ। त्यसमा पनि तिब्बतस्थित सीमा जोडिएका पालिकामा १८ वर्षमाथिकालाई समेत खोप दिने निर्णय भएको छ।