आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, चट्याङसहित वर्षाको सम्भावना

२२ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो ।

अहिले प्रदेश १ को पहाडी भू–भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।