आजको मौसम पूर्वानुमान : दिनभर कहाँ कस्तो रहला ?

९ जेष्ठ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आइतबार आंशिक बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने देखिएको हो ।

आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति पनि प्रदेश-१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बदली भइ कतैकतै पानी पर्ने अनुमान छ । आज अरु ठाउँको मौसम सफा रहनेछ ।