कस्तो रहला तपाईंको यो साता ? हेर्नुहोस् जेष्ठ ९ गतेदेखि १५ गतेसम्मको तपाईंकाे साप्ताहिक राशिफल

(जेष्ठ ०९ गते आइतबारदेखि जेष्ठ १५ गते शनिबारसम्मको) तपाईंकाे साप्ताहिक राशीफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

मंगलबार सम्मको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ। जीवनसाथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । बुधबारबाट समय मध्यम रहेकोले व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागि केहि समय कुर्नुनै राम्रो हुनेछ । आफन्त तथा चेलिमाईतीविचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । साना समस्यामा गम्भिर नबन्दा ठुलो बन्न सक्छ । गोपनियतामा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

आइतबार, बुधबार र बिहीबारको समय मध्यम रहेकोले ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । अन्यबार राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अध्ययन, लेखन, कलासाहित्य तथा गितसंगितमा चाँसो बढ्नेछ भने तपाईंको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले वौद्धिक व्यक्तीत्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैंतिर ल्याउन सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ। सोमबार र मंगलबारको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारीसाधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । आटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले साथिभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

आइतबार शुक्रबार र शनिबारको समय मध्यम रहेकोले भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा मन्दि आउनेछ । खानपान तथा स्वास्थ्यमा ध्यान नदिए खर्च बढ्ने योग रहेकोछ । अन्य दिन उत्तम रहेकोले कार्यक्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

मंगलबारसम्मको समय मध्यम रहेकोले सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । व्यापार व्यवसाय खस्केर जाने हुँनाले आम्दानीका स्रोतहरु साघुरिने छन् । यात्रा कष्टकर नहोला भन्न सकिन्न । बुधबारबाट समय राम्रो रहेकोले नयाँ प्रविधी तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

मंगलबारसम्मको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधी उपचार खर्च बढ्नेछ । बुधबारबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुचना प्रबिधीको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रा भरसक स्थगित गर्नुहोला समय मध्यम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

समाज तथा समुदाएको हितमा काम गर्न सकिने हुँदा ईज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोजिमुलक क्षेत्रमा लगानी वढाउदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पती वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

आइतबार बुधबार र बिहीबारको समय मध्यम रहेकोले सवारीसाधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ । अन्य दिनको समय शुभ रहेकोले बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले भौतिक वस्तु तथा सवारीसाधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको सात दिन शुभ रहोस् ।