आजको मौसम : मेघ गर्जनसहित बर्षाको सम्भावना

२२ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ मा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ ।

गण्डकी प्रदेश र प्रदेश १ का केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ।

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]