रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

२३ वैशाख, एजेन्सी। युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि यो सिजन दुई इंग्लिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।स्पेनिस जाइन्ट रियल मड्रिडलाई पराजित गरेर चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको फाइनल भेट पक्का गरेको हो ।

घरेलु मैदानमा बुधबार राति भएको फेमिफाइनल दोस्रो लेगमा चेल्सीले रियल मड्रिडमाथि २–० को जित दर्ता गरेको हो ।पहिलो लेगमा १–१ को बराबरी भएकाले चेल्सी समग्रमा ३–१ ले विजयी हुँदै फाइनलमा पुग्न सफल भएको हो ।

चेल्सीको जितमा टिमो वेर्नर र म्यासन माउन्टले गोल गरेका हुन् । २८ औँ मिनेटमा वेर्नर र ८५ औँ मिनेटमा माउन्टले गोल गरेका हुन्। उपाधिका लागि मे २९ मा स्थानबुलमा चेल्सी र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुनेछ ।

[sidebar name="button post"]