१० वैशाख, काठमाण्डौ। शुक्रबार मौसम बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले रहने जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।









