१० वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रवार सुन चाँदीको मूल्यमा गिरावट आएको छ।
शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीवार छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।
[sidebar name="button post"]









