वायु प्रदूषण कम हुँदै, तर अस्वस्थ अवस्था अझै कायम

२७ चैत्र, काठमाण्डौ। विगत केही दिनदेखि उच्च विन्दुमा पुगेको वायु प्रदुषणको मात्रा शुक्रबार कम भएको छ। वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जनाएको छ ।केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई ४ सय ७० सम्म पुगेको थियो । अहिले सुधार भएर १५० भन्दा तल झरेको छ ।

वायु प्रदूषण कम हुँदै गएको तर अस्वस्थ अवस्था अझै कायम भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् । वायु प्रदूषणको मात्रा मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ । दुई सयभन्दा धेरै एक्यूआई भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । हिजो नेपालको एक्यूआई दुई सयभन्दा माथि मापन गरिएको थियो ।

अहिले विश्वमा नेपालसहित चीनको सेङयाङ, पाकिस्तानको लाहोर, बङ्गलादेशको ढाका, भारतको दिल्लीलगायत ठाउँमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ ।

केही दिनदेखि तराई र पहाडि ठाउँहरुमा लागेको तुवाँलो अझै कायमै छ ।

[sidebar name="button post"]