मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
मिथुन राशिका लागि समग्रमा २०७८ साल शुभफलदायी रहनेछ । बृहस्पतिको प्रभावले वर्षभरी नै भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । शनि ग्रह कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्नेछ ।
राजनैतिक र सामाजिक क्षेत्रबाट ख्याति कमाउन सकिनेछ । विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । तर विज्ञान र कृषी विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्ने।
नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।
परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ । मिथुन राशिका लागि शुभ रङ्ग हरियो, रातो, सेतो र पर्पल शुभ रङ्ग हो भने १, २, ३, ६ र ८ शुभ अङ्क हो । मिथुन राशिका लागि समग्रमा २०७८ साल व्यापार/व्यवसायमा लगानीबाट निकै सफलता मिल्नेछ ।
शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ, तर शेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । कसै कसैले जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।
प्रत्येक शनिवार शिवजीको दर्शन एवं भैरवजीको दर्शन बाट अधिक सफलता मिल्नेछ । यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ
राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।
बलराम उपाध्याय खकुरेल
ज्योतिष तथा बास्तुविद्










